शुक्रबार, ५ सेप्टेम्बर, २०२५
एमाले नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त



नेपाली लिङ्क
अप्रिल २३, २०२५
काठमाडौँ- एमाले नेतृ विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा एमालेकै नेता रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुन्।
निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।
यसैबीच, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई भने प्रधानमन्त्री ओलीले हटाएका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ