आइतबार, १४ सेप्टेम्बर, २०२५
03:24 | ०८:०९

काठमाडौं ग्याङफाइट प्रकरण- हत्यामा संलग्न १६ जना पक्राउ

नेपाली लिङ्क मार्च २५, २०२५

काठमाडौं- काठमाडौंमा दुई समूहबीच भएको ग्याङफाइटका क्रममा ज्यान गुमाएका अभय भन्ने अबे तामाङ हत्या प्रकरणमा संलग्न १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार २०८१ चैत ११ गते बेलुका साढे सात बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. १४ खड्कागाउँस्थित सडकखण्डमा दुई समूहबीच पुरानो रिसइबीलाई लिएर झगडा हुँदा सो घटना घटेको थियो ।

दोलखा जिल्लाको साविक भेड्पु गाविस हाल मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७ बस्ने स्वस्तिका तामाङको छोरा वर्ष २३ को अबे तामाङलाई स्थायी घर पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १० स्युचाटार बस्ने वर्ष २१ को आशिष श्रेष्ठसमेतका व्यक्तिहरुले धारिलो हतियार तथा फलामको रडहरु प्रहार गरि घाइते बनाएका थिए । निज तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

सो घटनामा संलग्न श्रेष्ठसहित २१ वर्षीय सुजन तामाङ, २७ वर्षीय राज अर्याल, २० वर्षीय डेनियल विश्वकर्मा, २० वर्षीय निश्चल ब्लोन तामाङ, १९ वर्षीय सुशान श्रेष्ठ, २३ वर्षीय विनय आले मगर, २१ वर्षीय खेमराज बहादुर मगर, २२ वर्षीय रन्जित श्रेष्ठ, २० वर्षीय साङ्गे तामाङ, २५ वर्षीय अजित बुढाथोकी, २५ वर्षीय रोहित खड्का, २० वर्षीय प्रबिन झेडी, १९ वर्षीय गौतम कमर जोगी, २२ वर्षीय प्रवेश गुरुङ र २२ वर्षीय डेबिड घले पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति भइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू