शनिबार, साउन १२, २०८१
03:23 | ०८:०८

संस्थालाई बद्नाम गर्न भ्रामक अफवाह फैलाइयोः एनआरएनए बेल्जियम

नेपाली लिङ्क जुन ५, २०२४

लन्डन । गैर आवासीय नेपाली संघ बेल्जियमले संगठनलाई बद्नाम गर्न विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यम प्रयोग गरि भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

संघको ३ जुन सोमबार बसेको आठौं पूर्ण बैठकले अध्यक्ष सीता सापकोटाको चरित्र हत्या गर्न श्रृंखलावद्ध रुपमा अनर्गल प्रचार भइरहेको निष्कर्षसहित भत्र्सना गरेको प्रवक्ता देवु शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्ता अफवाहको भ्रममा नपर्न पनि संघले अनुरोध गरेको छ ।

‘समाजमा विभाजन र बिग्रह सिर्जना गर्ने तथा संस्थालाई बद्नाम गर्ने कुण्ठित मानसिकता भएकाहरुले फैलाउने अफवाहको भ्रममा नपर्न सबैलाई अनुरोध गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

बेल्जियमको नेपाली समुदायको हितमा हुने केही फरक मत भएपनि विधि प्रक्रियाको दायरामा रहेर संगठनमा छलफल र वहस गरि सुल्झाउन कार्यसमितिले अनुरोध गरेको छ ।

एनआरएनए बेल्जियमको उक्त बैठकले निर्देश गरे बमोजिम बेल्जियमको नेपाली समाजलाई एकतावद्ध राखेर सद्भाव कायम गर्ने र मातृभूमिको उन्नतिका लागि नेपाल सरकारसंग सहकार्य गर्ने उद्देश्यमा संघ प्रतिवद्ध रहेको विश्वास दिलाउंदै विज्ञप्तिमा सबैको रचनात्मक सहयोगका लागि अनुरोध गरिएको छ ।

उक्त बैठकले महासचिवले गरेका ‘अराजक’ गतिविधिको बारेमा अनुशासन समितिमा फाइल बुझाउने निर्णय पनि गरेको अध्यक्ष सापकोटाले जनाइन् ।

बैठकमा अनुशासन समितिका संयोजक तथा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङ, अनुशासन समितिका सदस्यद्वय विनोद न्यौपाने तथा योगेन्द्र श्रेष्ठको पनि उपस्थिति थियो ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू