मंगलबार, वैशाख १८, २०८१
19:52 | ००:३७

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको संयोजक चुनिइन् सन्तोषी

नेपाली लिङ्क अप्रिल १४, २०२४

सिड्नी । नेपालमा सामाजिक काम गर्ने कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले नयाँ संयोजकमा सन्तोषी गौतमलाई चयन गरेको छ ।

एडिलेडमा एक कार्यक्रमबीच हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका निवर्तमान संयोजक केशव बानियाले गौतमलाई अष्ट्रेलिया संयोजकको पद हस्तान्तरण गरेका थिए । हेल्प नेपाल नेटवर्कका पूर्व कोषाध्यक्ष तथा ग्लोवल कोअर्डिनेटिंग कमिटी सदस्य डिला खरेलले नयाँ नेतृत्वको घोषणा गर्दै संस्थाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

संयोजक गौतमले नेटवर्कको विधान बमोजिम छिट्टै सबै राज्य संयोजकहरु चयन गरेर कार्य अगाडि बढाउने बताइन् ।

उनले नेपालमा खासगरि महिला स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले नयाँ नेतृत्वलाई वधाई दिंदै हेल्प नेपालले नेपालीहरुको हितमा सञ्चालन गरेका कार्यक्रम सफल रहुन् भन्दै संस्थालाई उद्देश्य 
प्राप्तिको शुभकामना दिए ।

साउथ अष्ट्रेलियाकी पूर्वमन्त्री जिङ्ली, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनका अध्यक्ष विजय जोशी, सामाजिक अगुवा दिपक विष्ट लगायतका वक्ताहरुले शुभकामना दिएका थिए । हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले बर्दियाको बाराबर्दिया अस्पतालमा स्थापित बर्डिंग सेन्टरका लागि आवश्यक उपकरण खरीद गर्न सहयोग गर्ने निर्णय पनि गरेको छ।


सन् १९९९ को उत्तरार्धमा सञ्जालका पहिलो दुई अध्यायहरू बेलायत र नेपालमा एकैसाथ स्थापना भएका थिए र त्यसपछि यो सञ्जाल विभिन्न देशमा विस्तार भइसकेको छ। अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, नेपाल र स्वीडेनका च्याप्टरहरू प्रत्येक या त परोपकारी वा गैर–नाफामुखी संस्थाको रूपमा दर्ता भएका छन्।

नेटवर्कको उद्देश्य नेपाली र विश्वभर नेपाललाई माया गर्नेहरूलाई नेपालमा शिक्षा, स्वास्थ्य, आपतकालिन मानवीय सहायता लगायत क्षेत्रमा सहयोग गर्न प्रोत्साहित गर्नु रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू