मंगलबार, वैशाख १८, २०८१
06:06 | १०:५१

जय नेपाल फाउन्डेशनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनार गर्दै

नेपाली लिङ्क अप्रिल ४, २०२४


अमेरिका । जय नेपाल इन्टरनेशनल फाउन्डेशनले “स्मार्ट सिटी: विश्वव्यापी परिप्रेक्ष्यबाट स्थानीय अभ्याससम्म” शृंखलाको दोस्रो वेबिनार यही चैत्र २४ गते शनिबार (अप्रिल ६ तारिख) गर्न लागेको छ ।

विश्वव्यापीरुपमा स्मार्ट सिटीको अवधारणा आएको अवस्थामा कसरी नेपाललाई समेत यसतर्फ लाग्न सहयोग पुर्‍याउन सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको फाउन्डेशनले जनाएको छ।

कार्यक्रममा डा. देशराज संयोक र इ हरिकृष्ण न्यौपानेले आफ्नो प्रस्तुति दिनेछन् भने एकराज अधिकारी, डा. अम्बिका अधिकारी, उपेन्द्र यादव र विमला राई पेनालिस्टको रुपमा रहने छन् । कार्यक्रमलाई डा. नीरज श्रेष्ठले संचालन गर्नेछन् भने जय नेपाल फाउन्डेशन नेपालका अध्यक्ष बद्री अर्यालले नेपालका स्थानीय निकायसँग समन्वय गर्नेछन्।

विश्वभर छरिएर रहेका र नेपालमा भएका विज्ञको छलफल तथा सहकार्यबाट नेपालको विकासमा टेवा पुर्‍याउने उद्देश्यले जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले संयोजनको कार्य गरिरहेका छन् ।

नेपालमा भूकम्प सम्बन्धी जानकारी दिने उद्देश्यसाथ संस्थाले हालै एक कार्यक्रम आयोजना गरेको थियो । स्मार्ट सिटीसम्बन्धी पहिलो चरणको कार्यक्रम गत मार्च २, २०२४ मा आयोजना गरिएको थियो ।

कार्यक्रम विवरण-

नेपाली समय:
शनिवार, चैत्र २४, २०८० साँझ ८.०० बजे

अमेरिका:
मिति:- अप्रिल ०६, २०२४ (शनिवार)
समय :- बिहान १०.१५ बजे न्युयोर्क समय
बिहान ९.१५ बजे टेक्सस समय
बिहान ७.१५ बजे क्यालिफोर्निया समय

कार्यक्रममा सहभागी हुन तल जुम लिङ्क प्रयोग गर्नुपर्नेछ ।
Meeting ID: 92162161103
Passcode: 2024

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू