बुधबार, माघ २, २०८१
सिङ्गापुरमा थपियो ८८ हजार बढी नयाँ रोजगारी
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
रासस/सिन्ह्वा
मार्च १४, २०२४
![](https://www.nepalilink.com/wp-content/uploads/2022/08/XxjpbeE007195_20220811_PEPFN1A001.jpg)
तस्विर- सिन्हवा
सिङ्गापुर, चैत १– सन् २०२३ मा सिङ्गापुरको कूल रोजगारी ८८ हजार ४०० ले वृद्धि भएको श्रम मन्त्रालयले बिहीबार सार्वजनिक गरेको श्रम बजार प्रतिवेदनले देखाएको छ । नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार ५०० गैर–आवासीय र चार हजार ९०० स्थानीय छन् ।
सिङ्गापुरका बासिन्दाहरूका लागि अधिकांश नयाँ रोजगारीको अवसर निर्माण, विनिर्माण र वित्तीय सेवाजस्ता उच्च–भुक्तानीका क्षेत्रमा रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२३ को डिसेम्बरसम्ममा सिङ्गापुरमा आप्रवासी घरेलु कामदारबाहेक अन्य ३७ लाखभन्दा बढी कामदार कार्यरत छन् ।
सन् २०२२ मा छ हजार ४४० रहेको व्यक्तिको रोजगारी कटौती भएकोमा सन् २०२३ मा यो सङ्ख्यामा वृद्धि भई १४ हजार ५९० पुगेको छ । गत वर्ष सिङ्गापुरको दीर्घकालीन बेरोजगारी दर ०.७ प्रतिशतमा स्थिर थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ