आइतबार, वैशाख १६, २०८१
10:38 | १५:२३

एनआरएनए बेल्जियमले मनायो नारी दिवस

नेपाली लिङ्क मार्च ८, २०२४

ब्रुज । गैरआवासीय नेपाली संघ बेल्जियमले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ ।

संघको आयोजनामा ब्रुजमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्रराज भण्डारीले नेपाली महिला सशक्तिकरणका लागि सहयोग गर्न संघलाई आब्हान गरे । उनले दूतावास बेल्यिममा रहेका नेपाली समुदायसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।


महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक सावित्री गिरीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्ने महिलाहरुले नेपाली महिलाको हकहित र अधिकारबारे आ-आफ्ना भनाइ राखे । 

कार्यक्रममा उपस्थित एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले संघका गतितिविधिबारे बोलेकी थिइन् । 


महिला संयोजक शारदा धितालले स्वागत मन्तव्य दिएको कार्यक्रममा संघका पूर्व महिला संयोजकहरुलाई सम्मान गरिएको थियो । ब्रुज क्षेत्रीय संयोजक लक्ष्मी रेग्मीले आगन्तुक अतिथिहरुलाई स्वागत गरिन् । 

कार्यक्रम संघकी महासचिव रुविना शर्माले संचालन गरेकी थिइन् । कार्यक्रमका लागि संघकी अन्तराष्ट्रिय महिला संयोजक अनुजा प्रधानले शुभकामना पठाएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू