शनिबार, वैशाख १५, २०८१
17:39 | २२:२४

एनआरएनए कार्यालय खाली गर्ने बालेनको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२४

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालय तत्काल नहटाउन काठमाडौं महानगरलाई अदालतले आदेश दिएको छ।  

उच्च अदालतले सोमबार संघको केन्द्रीय कार्यालय भवन खाली गर्ने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले महानगरपालिकालाई कानून बमोजिम पुनरावेदन गर्ने म्याद बाँकी रहेसम्म फैसला कार्यान्वयन स्थगन गर्नुपर्ने व्यवस्था रहेको भन्दै सो आदेश दिएको हो।

यसअघि महानगरपालिकाले ललिता निवासस्थित संघलगायत घरजग्गाहरू खाली गर्न सात दिने सूचना सम्बन्धित व्यक्ति र संस्थालाई दिएको थियो।

विशेष अदालतको फैसला कार्यान्वयनका लागि महानगरले जारी गरेको सूचना सुविधा सन्तुलनको हिसाबले उचित नभएको भन्दै संघले उच्च अदालतमा रिट दायर गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू