आइतबार, वैशाख ३०, २०८१
03:10 | ०७:५५

फ्रान्समा धादिङ समाज विस्तार, संयोजक चुनिइन् सुमित्रा

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२४

लन्डन । अन्तर्राष्ट्रिय धादिङ समाजले फ्रान्समा आफ्नो शाखा विस्तार गरेको छ । विभिन्न देशमा शाखा विस्तार गर्ने क्रममा फ्रान्सकी समाजसेवी तथा सामाजिक अभियन्ता सुमित्रा बुर्लाकोटीको नेतृत्वमा धादिङ समाज फ्रान्स गठन भएको हो।

‘जहाँ धादिङेली त्यहाँ धादिङ’ भन्ने  मूल नारा लिएर संस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद विस्तार गर्दै आएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घर भएकी बुर्लाकोटीले लामो समयदेखि फ्रान्सको एक विश्वविद्यालयमा नेपाली भाषा पढाउँदै आएकी छिन् समाजसेवामा पनि उनले सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल तथा महासचिव राजेन्द्र श्रेष्ठले संयोजक सुमित्रा बुर्लाकोटीलाई बधाई दिएका छन् ।  

संसारभरि छरिएर रहेका धादिङेहरुलाई एकै ठाउँमा ल्याएर साझा चौतारीको रुपमा स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धादिङ समाज गठन र विस्तार गर्ने लक्ष्य लिइएको अध्यक्ष खकुरालले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू