शनिबार, वैशाख २९, २०८१
18:33 | २३:१८

इजिप्टबाट दुई लाख टन मानवीय सहायता गाजा पुग्यो

रासस/सिन्ह्वा फ्रेब्रवरी १७, २०२४

फाइल तस्विर

कायरो, फागुन ५ — इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकता मन्त्री निभिन एल–कब्बागले बताउनु भएको छ ।

इजिप्टको राजधानी कायरोमा ‘रन फर गाजा म्याराथन’ मा भाग लिँदै उहाँले आवश्यक सेवाहरूको व्यवस्था गर्न, आपूर्ति श्रृङ्खला विस्तार गर्न करिब ३७ देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

गाजाका लागि प्रदान गरिएको कूल राहत आपूर्तिको ६० प्रतिशत अर्थात् करिब दुई लाख टन सहायता प्रतिशत इजिप्टबाट विभिन्न मार्गबाट आएको मन्त्रीले उल्लेख गर्नुभयो ।

इजरायलले गत अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसहरुको मृत्यु भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म २८ हजार ७७५ प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू