आइतबार, वैशाख ३०, २०८१
06:37 | ११:२२

रुसको वैदेशिक व्यापारमा भारी गिरावट

रासस-सिन्ह्वा फ्रेब्रवरी १२, २०२४

फाइल तस्विर- रोयटर्स

मस्को, २९ माघ- रुसको वैदेशिक व्यापार बचत सन् २०२३ मा वार्षिक ५८.५ प्रतिशतले घटेर १४० अर्ब अमेरिकी डलर पुगेको छ ।

सोमबार सार्वजनिक गरिएको रुसको संघीय भन्सार सेवाको तथ्याङ्कले देशको कुल निर्यात २८.३ प्रतिशतले घटेर ४२५.१ अर्ब डलर पुगेको देखाएको छ भने आयात ११.७ प्रतिशतले बढेर २८५.१ अर्ब डलर पुगेको छ ।

गत वर्ष रुसको युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा पुगेको थियो भने आयात १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो ।

यसैबीच एसियाली देशहरूमा रुसी निर्यात ५.६ प्रतिशतले बढेर ३०६.६ अर्ब डलर पुगेको छ भने आयात २९.२ प्रतिशतले बढेर १८७.५ अर्ब डलर पुगेको छ ।

तथ्याङ्कले अफ्रिकी देशहरूसँगको व्यापारमा वृद्धि भएको देखाएको छ जसमा निर्यात ४२.९ प्रतिशत र आयात ८.६ प्रतिशतले बढेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू