शुक्रबार, वैशाख २१, २०८१
00:54 | ०५:३९

२ सय ६ पटक रक्तदान गरेका मैनालीले गरे आत्मदाह

नेपाली लिङ्क फ्रेब्रवरी १२, २०२४

अमेरिका-  २ सय ६ पटकमा १ लाख भन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएका अमेरिका निवासी चर्चित रक्तदाता अर्जुन मैनालीले अमेरिकामा भयानक मृत्यु रोजेका छन् 

सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका मैनालीको शव त्यसको केही घण्टामा नर्थ क्यारोलिनाको लाटा नेचर प्रिजर्भको क्वेष्ट पार्कमा भेटिएको हो। भाडामा लिएको गाडीभित्र उनको शव भेटिएको हो।

मैनालीले सामाजिक सञ्जालमा आफूले आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेपछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो।

स्थानीय प्रहरी केहीबेरमा नर्थ क्यारोलिनामा रहेको मैनालीको निवासमा पुगेको थियो। त्यसपछि उनको फोन ट्रयाक गर्दा लाटा नेचर प्रिजर्भ क्षेत्रमा भएको पत्ता लागेको थियो।

नेपाली समुदायका व्यक्तिसहित प्रहरी उक्त क्षेत्रमा पुगेको थियो । त्यहाँ पुग्दा मैनालीले विभत्स मृत्यु रोजेको प्रहरीले फेला पारेको थियो । उनको शरीर जलेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू