शुक्रबार, जेठ ४, २०८१
06:03 | १०:४८

पाकिस्तानमा आम चुनाव तयारी तीव्र

रासस/एएनआइ फ्रेब्रवरी ६, २०२४

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीका समर्थकहरू कराची, पाकिस्तानमा आमचुनाव अघि चुनावी र्‍यालीमा । तस्विर- रोयटर्स

इस्लामाबाद , माघ २३ – पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६ करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ । पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले आम चुनावका लागि सय जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताउनुभएको छ ।

सिइसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन व्यवस्थापन प्रणाली (इएमएस) स्थापना गर्ने निर्णय गरेको एआरवाई न्यूजले जनाएको छ ।

निर्वाचन आयोगका सचिव सैयद आसिफ हुसेनले एआरवाई न्यूजसँगको अन्तरवार्तामा तीन हजार छ सय जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र तीन हजार थान कम्प्युटर स्थापना गरिएको उल्लेख गर्नु भएको छ ।

ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्या समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँच बिना पनि काम गर्ने वातावरण निर्माण गरिएको छ ।

यसैबीच, एउटा अन्तरवार्तामा महानिर्देशक खिजर हयातले ४० स्थानका चुनावमा इएमएस प्रयोग गरी चुनावको निर्बाध सञ्चालन सुनिश्चित गर्न यसको प्रविधिमा सुधार गरिएको पुष्टि गर्नु भयो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू