शुक्रबार, जेठ ४, २०८१
07:11 | ११:५६

माल्दिभ्सले २०२४ मा २० लाख पर्यटक भित्र्याउने

रासस/सिन्ह्वा फ्रेब्रवरी ५, २०२४

कोलम्बो, माघ २२ – माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताउनुभएको छ ।

मुइज्जुले सोमबार जारी १९ औं संसद्को अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रपति मुइज्जुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भीआईए) को विस्तारले बर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताउनुभयो ।

माल्दिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८२७ बेड निर्माण गर्ने बताउनुभयो ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले बताउनुभयो ।

माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाखभन्दा बढी विदेशी पर्यटक आएका छन् ।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू