शुक्रबार, जेठ ४, २०८१
03:02 | ०७:४७

अस्ट्रेलियाको मुद्रास्फीति दुई वर्षकै न्यून

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल फ्रेब्रवरी ३, २०२४

अस्ट्रेलिया, माघ २० गते– अस्ट्रेलियाको मुद्रास्फीति दर २०२३ को अन्त्यमा दुई वर्षयताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा यस हप्ता प्रकाशित तथ्याङ्कअनुसार यस्तो बताइएको हो । यो २०२१ को पहिलो त्रैमासिक पछिको सबैभन्दा कम त्रैमासिक सिपिआई वृद्धि हो ।

डिसेम्बर अन्त्यसम्मको १२ महिनामा सीपीआई ४.१ प्रतिशतले बढेको एबीएसले बताएको छ । जुन वर्षको डिसेम्बर २०२२ सम्मको ७.८ प्रतिशतको उच्च वार्षिक वृद्धिबाट घटेको छ ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले रिपोर्ट गरेको छ कि, अर्थशास्त्रीहरूले त्रैमासिक मुद्रास्फीति ०.८ प्रतिशत र वार्षिक ४.३ प्रतिशत हुने अनुमान गरेका थिए । कोषाध्यक्ष जिम चाल्मर्सले पत्रकार सम्मेलनमा तथ्याङ्कहरू जारी गरेपछि उत्साहजनक रहेको तर अस्ट्रेलियालीहरू अझै पनि आर्थिक दबाबमा रहेको बताए ।

एबीसीले २०२३ को अन्तिम क्वाटरमा मुद्रास्फीतिमा सबैभन्दा ठुलो योगदानकर्ताको रूपमा आवास, मदिरा र तंबाकू, बिमा र वित्तीय सेवाहरू र खाद्य र गैर–मादक पेय पदार्थहरू रहेको बताएको छ । ती वृद्धि आंशिक अवधिमा मासु, समुन्द्री खाना र फलफूल र तरकारीहरूको मूल्यमा १.२ प्रतिशत गिरावटले अफसेट गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू