बिहीबार, वैशाख २०, २०८१
16:03 | २०:४८

गाजा हमलामा इजरायली सैनिकलाई अहिलेसम्मकै ठूलो क्षति

नेपाली लिङ्क जनवरी २३, २०२४

तस्विर रोयटर्स

जेरुसेलम, माघ ९ । इजरायली सेनाले मङ्गलबारमात्र गाजामा भएको आक्रमणमा २४ जना सैनिक मारिएको घोषणा गर्दै उक्त घटना एक सय नौ दिनको युद्धमा सेनाका लागि सबैभन्दा घातक घटना भएको जनाएको छ ।

सेनाले एक विज्ञप्तिमा दुर्घटनामा पर्नेहरू २२ देखि ३७ वर्ष उमेरका रिजर्भ सैनिकसहित तीनजना अधिकृत बेग्लै घट्नामा मारिएको बताएको छ ।

यो घटना अक्टोबर ७ मा गाजामा हमास विरुद्धको युद्ध सुरु भएपछिको इजरायली सेनामाथि भएको सबैभन्दा घातक एकल आक्रमण हो ।

एक पत्रकार सम्मेलनमा इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले बताए अनुसार सैनिकहरूले दुई भवन ध्वस्त पार्न विस्फोटक पदार्थ तयारी गरिरहेका थिए ।

आतङ्ककारीहरूले सोमबार नजिकैको ट्याङ्कमा रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरेपछि समय अगावै विस्फोट निम्त्यायो, परिणामस्वरूप भवनहरू ढल्दा भित्र तथा नजिकै रहेका सैनिकहरूको निधन भयो ।

अक्टोबर ७ मा हमासको हमलापछि विस्थापित दशौं हजार दक्षिणी इजरायलका बासिन्दालाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने अभियानमा उनीहरू संलग्न थिए।

विष्फोटमा मारिएकाहरूको पहिलो अन्त्येष्टि वर्षा भइरहंदा जेरुसेलमको माउन्ट हर्जलमा गरिएको छ। अन्त्येष्टिका क्रममा धेरैले सैन्य वर्दी लगाएका थिए भने निलो र सेतो इजरायली झण्डाहरूले दृश्य भरिएको थियो।

इजरायलको सेनाले सोमबार दक्षिणी गाजामा भएको छुट्टाछुट्टै आक्रमणमा तीन अधिकारी मारिएको पुष्टि गरेको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भनेका छन् पीडा बाबजुद पनि उनको देश हमासविरुद्ध ‘पूर्ण विजय’ प्राप्त नगरेसम्म आक्रामक रूपमा अगाडि बढ्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू