बिहीबार, वैशाख २०, २०८१
16:17 | २१:०२

इजराइल–हमास युद्ध: सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी

रासस-एपी जनवरी १४, २०२४

जेरुसेलम, पुस २९ गते– एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो । त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ । युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरूका अनुसार इजराइली आक्रमणले गाजामा अधिकांश प्यालेस्टिनीहरूलाई विस्थापित गरेको छ भने गाजाका आधाभन्दा धेरै अस्पताल सञ्चालन बन्द भएको छ र ठूलो मात्रामा भोकमरी उत्पन्न गरेको छ ।

इजराइली सेनाले भीषण हिंसाबाट प्रभावित उत्तरमा कारबाहीलाई घटाएको बताएको छ तर दक्षिणमा उसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । दक्षिण गाजामा हमासको नेता लुकेर बसेको इजराइली सेनाको भनाइ छ । यसैबीच युद्ध सुरु भएपछि लेबनानका हिजबुल्लाह मिलिसिया र इजराइल करिब प्रत्येक दिन सीमा पार झडपहरूमा संलग्न भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजराइली अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र सहायता समूहहरूबाट प्राप्त इजराइल–हमास युद्धमा मारिनेहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

कूल मृत्यु

गाजामा मारिएका प्यालेस्टिनीको सङ्ख्या: २३ हजार आठ सय ४३
इजराइलमा मारिएका मानिसको सङ्ख्या: एक हजारभन्दा धेरै
पश्चिम किनारमा मारिएका प्यालेस्टिनीको सङ्ख्या: तीन सय ४७

गैरसैनिक

गाजामा मारिएका सर्वसाधारण: युद्धमा मारिएका सर्वसाधारणको सङ्ख्या अज्ञात छ । मारिएका मानिसमा महिला तथा बालबालिकाकाको सङ्ख्या अनुमानित दुई तिहाइ छ ।
अक्टोबर ७ मा इजराइलमा मारिएका सर्वसाधारणको सङ्ख्या: सात सय ९०
गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी मारिएको सङ्ख्या : एक सय ४८
गाजामा स्वास्थ्यकर्मी मारिएको सङ्ख्या: कम्तीमा तीन सय ३७
गाजामा मारिएका पत्रकारको सङ्ख्या: ८२

सैनिक लडाकू

अक्टोबर ७ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : तीन सय १४
इजराइलद्वारा मारिएका लडाकूको सङ्ख्या : आठ हजारभन्दा बढी
गाजामा स्थल कारबाहीमा मारिएका इजराइली सैनिकको सङ्ख्या: एक सय ८८
गाजा र उत्तरमा मैत्रीपूर्ण गोलाबारी वा ‘दुर्घटनाहरू’ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : २९

गाजामा विनाश र मानवीय स्थिति

गाजाको सम्भावित क्षतिग्रस्तरनष्ट भवनहरूको प्रतिशत : ४५ देखि ५६ प्रतिशत
गाजामा आंशिकरूपमा काम गरिरहेका अस्पताल : १५-३६
‘विपत्तिजनक भोक र भोकमरी’ को सामना गरिरहेका प्यालेस्टिनी नागरिकको सङ्ख्या : पाँच लाख ७६ हजार छ सय (जनसङ्ख्याको २६ प्रतिशत)
गाजामा क्षतिग्रस्त स्कुल भवनहरूको प्रतिशत : ६९ प्रतिशतभन्दा बढी
क्षतिग्रस्त मस्जिद : एक सय ४२
क्षतिग्रस्त चर्च : तीन
क्षतिग्रस्त एम्बुलेन्स : एक सय २१
विद्यालयबाहिर विद्यार्थी : छ लाख २५ हजार (शत प्रतिशत)

घाइतेहरू

गाजामा घाइते प्यालेस्टिनीको सङ्ख्या : ६० हजार पाँच
पश्चिम किनारमा घाइते प्यालेस्टिनीको सङ्ख्या : चार हजारभन्दा धेरै
घाइते कूल इजराइलीको सङ्ख्या : १२ हजार चार सय १५
स्थल आक्रमणमा घाइते हुने इजराइली सैनिकको सङ्ख्या : एक हजार ८५
अक्टोबर ७ देखि अहिलेसम्म घाइते हुने इजराइली सैनिकको सङ्ख्या : दुई हजार चार सय ९६

विस्थापन

गाजामा विस्थापित प्यालेस्टिनीको सङ्ख्या : १९ लाख (गाजाको जनसङ्ख्याको ८५ प्रतिशत)
उत्तरी र दक्षिणी सीमा समुदायबाट विस्थापित इजराइलीको सङ्ख्या स् दुई लाख ४९ हजार दुई सय ६३ (जनसङ्ख्याको दुई दशमलव छ प्रतिशत)

बन्धक र कैदी

अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएकाको सङ्ख्या :करिब दुई सय ५०
रिहा गरिएका बन्धकको सङ्ख्या : एक सय २१
अक्टोबर ७ मा बन्धक बनाइएका पट्टीमा रहेकाको सङ्ख्या : एक सय ३२
(क) एक सय ११ पुरुष, १९ महिला र दुई बालबालिका
(ख) एक सय २१ इजराइली र ११ विदेशी
मारिएका वा हमासको कैदमा मारिएका बन्धकको सङ्ख्या : ३३
युद्धमा एक साताको विरामका क्रममा रिहा गरिएका प्यालेस्टिनी कैदीको सङ्ख्या : दुई सय ४०

हतियार

इजराइलका तर्फबाट प्रक्षेपित रकेटको सङ्ख्या : १४ हजार

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू