शनिबार, कार्तिक १०, २०८१
15:52 | २०:३७

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २२ हजार ७२२

नेपाली लिङ्क जनवरी ६, २०२४

इजरायली सेना गाजामा

गाजा — इजरायल-हमासबीच द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ७२२ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही सुरु गरेदेखि २२ हजार ७२२ जनाको मृत्यु भएको छ भने घाइतेको संख्या ५८ हजार १६६ पुगेको छ ।

संयुक्त राष्ट्र मानवीय प्रमुखले गाजा प्यालेस्टाइनीहरूको लागि ‘मृत्यु र निराशा’ भएको ठाउँ भएको बताएका छन्।

यसैबीच, इजरायली सेनाले शुक्रबार “मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल-सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गरेको जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू