शुक्रबार, जेठ ४, २०८१
08:49 | १३:३४

हमासले छाड्यो थप १७ बन्धक, नेपाली अझै छुटेनन्

नेपाली लिङ्क नोभेम्बर २६, २०२३

काठमाडौं । प्यालेस्टाइनको लडाकु समूह हमासले अस्थायी युद्धविरामको तेस्रो दिन आइतबार थप १४ जना इजरायली र तीनजना थाई नागरिकलाई रिहा गरेको छ ।

चार दिने अस्थायी युद्धविरामको तेश्रो दिन हमासले ति बन्धकहरु रेडक्रसलाई हस्तान्तरण गरेको हो । रिहा भएकामा ९ इजरायली बालबालिकासहित छन् ।

इजरायलले समेत सहमति बमोजिम ३९ प्यालेस्टिनी बन्दी रिहा गरेको छ ।

पहिलो दिन हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो । इजरायलले ३९ प्यालेस्टाइनीलाई छाडेको थियो ।

दोस्रो दिन हमासले इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो भने इजरायलले ३९ जना प्यालेस्टाइनीलाई छाडेको थियो ।

नेपाली बन्धक अझै छुटेनन्

हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी भने अझै छुटेका छैनन् । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको छ ।

हमासले गत ७ अक्टोबरमा विदेशीसहित कम्तीमा १२ सय इजरायलीको हत्या गरि करिब २४० जनालाई बन्धक बनाएको थियो ।

त्यसयता इजरायलले गरेको जवाफी कारवाहीमा झण्डै १४ हजार ५ सयजना प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा गाजामा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू