शुक्रबार, जेठ ४, २०८१
08:28 | १३:१३

गाजामा इजरायली आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

रासस/एएफपी नोभेम्बर ६, २०२३

एक महिला इजरायली बमबारीबाट घाइते आफ्नो बच्चा बोक्दै सेन्ट्रल गाजा स्ट्रीपमा । तस्विर एएफपी

गाजा पट्टी, प्यालेस्टाइनी क्षेत्र, १९ कात्तिक–कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलमा आक्रमण गरेपछि इजरायलद्वारा थालेको कारबाही करिब एक महिना पुग्दै गर्दा प्यालेस्टिनी भूमिमा इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको जनाएको छ ।

गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्रेहले पत्रकार सम्मेलन गरी १० हजार २२ जनाको मृत्यु भएको घोषणा गरेका छन् ।

इजरायली सेनाले गरेको भीषण बमबारीमा आइतबार र सोमबार कम्तीमा २९२ जना प्यालेस्टाइनीको मृत्यु भएको उनले बताए ।

मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएयता मारिनेमा चार हजारभन्दा बढी बालबालिकासहित अधिकांश सर्वसाधारण छन् ।

गाजा क्षेत्रमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार ४०० जनाको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू