शनिबार, साउन १२, २०८१
03:19 | ०८:०४

एनआरएनए अध्यक्ष पदमा महेशलाई समर्थन गर्दै रबिनाले लिइन् उम्मेदवारी फिर्ता

नेपाली लिङ्क अक्टोबर १९, २०२३

काठमाडौँ – गैर आवासीय नेपाली संघको २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदकी उम्मेदवार रबिना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन्।

बुधबार बेलुकी एक प्रेस वक्तव्य जारी गर्दै श्रीमती थापाले संघलाई एकताबद्ध गर्न आफूले त्यस्तो निर्णय गरेको जनाइन्।

‘अध्यक्ष पदका उम्मेदवार श्री महेश कुमार श्रेष्ठले आफू निर्वाचित भएको तीन महिनाभित्रै संघलाई एकताबद्ध गर्ने स्पष्ट कार्य योजना अगाडि सार्नु भएकाले म त्यसको स्वागत र समर्थन गर्दछु। संघभित्र एकता पक्षधर बलियो बन्नु भनेको संघलाई नै बलियो बनाउनु हो। त्यसैले मैले अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छु’, उनले वक्तव्यमा भनेकी छन् ।

‘साथै, अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ तथा उहाँको भिजन र एजेन्डाप्रति समर्थन जनाउने सम्पूर्ण साथीहरुलाई मतदान गरी विजयी बनाउनु हुन पनि सम्पूर्ण डेलिगेट्स मित्रहरुलाई आग्रह गर्दछु’- उनले भनेकी छन् ।

सन् २०२१–२३ कार्यकालका लागि सहमतिको आधारमा अध्यक्षमा चयन भएकी थापाले निर्वाचित अध्यक्ष भएर दोश्रो कार्यकाल पनि चलाउने वाचा गर्दै उम्मेदवारी दर्ता गरेकी थिइन्। तर, श्रेष्ठ र उनको टिमसंग सघन वार्ता पछि उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन्।

रबिनाको विज्ञप्ति जस्ताको तस्तैः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू