शनिबार, साउन १२, २०८१
02:52 | ०७:३७

हमासद्वारा बन्धक गरिएकालाई रिहा गर्न राष्ट्रसङ्घका महासचिवको आह्वान   

रासस-सिन्ह्वा अक्टोबर १६, २०२३

संयुक्त राष्ट्रसङ्घ, २९ असोज—सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा  यथाशीघ्र मानवीय  सहायता पुर्याउन आग्रह गरेका छन् ।

उनले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न पनि आह्वान गरेका छन् ।

“मध्यपूर्व अहिले असहज परिस्थितिमा छ”, उनले भने ।  हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय सेवाको आपूर्ति तथा आवश्यक कामदारका लागि सहायता प्रदान गर्नु आवश्यक रहेको महासचिवको धारणा छ।

जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा एवं इन्धनको आवश्यकता रहेको भन्दै महासचिवले त्यसको तत्काल आपूर्तिका निम्ति आग्रह गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू