शनिबार, साउन १२, २०८१
06:01 | १०:४६

११ एजेण्डा अघि सार्दै एनआरएनए कोषाध्यक्षमा सुदनको उम्मेदवारी

नेपाली लिङ्क अक्टोबर १३, २०२३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय कोषाध्यक्षमा जापानका सुदनकुमार थापाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए आइसीसी ग्लोवल युवा संयोजक र एनसीसी जापानको अध्यक्ष भइसकेका थापाले आर्थिक पारदर्शी सचिवालय, आर्थिक स्थायित्व, स्मार्ट आर्थिक प्रशासन, एनसीसी आर्थिक प्रशासन, संघको खर्च प्रणालीमा विशेष अडिट प्रणाली, ६ वटै महादेशमा एक लाख डलरको फण्ड स्थापना, एनआरएनए स्पोर्टस् एकेडेमीका लागि ठोस् आर्थिक कार्ययोजना, स्वदेश तथा विदेशमा रहेका युवाहरुका लागि स्वदेशमै लगानी अभियान, एनआरएनएबाट हुने कुनै पनि खरिद वा भुक्तानीमा मासिक प्रमाणीकरण व्यवस्था, आर्थिक अनुशासनका लागि मितव्ययी अर्थ प्रशासन, एनआरएनएको आर्थिक व्यवस्थाका लागि एक वृहत एनआरएनए फाइनान्स मिटमार्फत आधुनिक आर्थिक प्रशासन नीति निर्माण जस्ता ११ वटा प्रमुख एजेण्डा अघि सारेका छन् ।

उनले एनआरएनएमा आर्थिक रुपान्तरणका लागि आफूलाई मत दिन सबै डेलिगेट्सहरुमा अपिल पनि गरेका छन् ।

एनआरएनए ११ औं महाधिवेशन अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुने तयारी छ । यसका लागि झण्डै ४ हजार २ सय प्रतिनिधि र उम्मेदवारहरु नेपाल आउने क्रम शुरु भइसकेको छ ।

थापाको एजेण्डा-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू