आइतबार, भदौ २३, २०८१
06:35 | ११:२०

२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी

रासस/एएफपी अक्टोबर ३, २०२३

एएफपी भिडियो फुटेजबाट लिइएको यो तस्बिरमा एक युक्रेनी सैनिक ‘बीएम २१ ग्रयाड एमएलआरएस १२२ एमएम’ रकेट लन्चर प्रहारपछि अवलोकन गर्दै गरेको देखिन्छ

किएभ, १६ असोज–युक्रेनले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया प्रायद्विपबाट रुसी सेनाले प्रक्षेपण गरेका दुई दर्जनभन्दा बढी ड्रोन र एउटा क्रुज मिसाइल खसालेको बताएको छ । ती ड्रोन र मिसाइल इरानद्वारा निर्मित हुन् ।
मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारमा हवाई आक्रमणको अभियान पुनः सुरु गरिरहेको किएभले चेतावनी दिएको छ । गत वर्ष ती पूर्वाधारमा आक्रमण हुँदा लाखौँ मानिस पानी र तातोबिना बस्न बाध्य भएका थिए ।
“गए राति रुसी अतिक्रमणकारीहरूले ३१ वटा साहेद (मानवरहित हवाई अस्त्र) र एउटा इस्कान्दर–के क्रुज मिसाइलले आक्रमण गरे”, उक्त मिसाइल र २९ वटा ड्रोन खसालेको उल्लेख गर्दै युक्रेनको वायु सेनाले भन्यो ।
दक्षिणी क्षेत्रको माइकोलाइभ र मध्यक्षेत्रको निप्रोपेट्रोभस्कका जिम्मेबार फौजले उक्त मिसाइल र ड्रोनहरू खसालेको सेनाले विज्ञप्तिमा जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसै साता युरोपेली युनियनसमक्ष रुसका साथै रुसी सेनालाई ड्रोन क्षेप्यास्त्र आपूर्ति गर्ने इरानमाथिको प्रतिबन्धलाई फराकिलो बनाउन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू