शनिबार, साउन १२, २०८१
02:09 | ०६:५४

एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने

नेपाली लिङ्क अक्टोबर ३, २०२३

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन्। 

एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

काठमाडौँमा अक्टोबर १७ देखि ११औं अन्तराष्ट्रिय महाधिवेसन हुँदै गर्दा एसिया प्यासिफिक महिला संयोजकमा सहयोग गर्न एनआरएनए अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन्।

उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन्।

तमुधिं जापानकी पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन्। एसिया प्यासिफिक महिला संयोजक पदमा आफूले शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको उनले जानकारी दिइन्।

लामो समयदेखि जापानलाई  कर्मभूमि  बनाउँदै आएकी अनिताले समाजसेवामा सधैँ अग्रपंक्तिमा  छिन्। जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतविपत परेको बेला राहतका कार्यक्रमहरु संचालन गदै आएकी छन्। 

एनआरएनए भित्र एक क्षमतावान नेत्रीको रुपमा हेरिने अनितालाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि उनी अघि बढेकी हुन्।

यस्ता छन् उनका एजेन्डा:

१ संस्थाको शुद्धीकरण भावनात्मक एकता: NRNA मा महिला सहभागिता 

२ परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्न।

३ परदेशी भूमिमा हुर्किदै गरेका NRNA बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिक्ने र सिकाउन । 

४ नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीपहरु घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान, महिला नेतृत्वकै आवश्यकता र प्रावधान ।

५ विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभुति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुलाई “एनआरएनए मेरो लागि भरपर्दो साथी” को अवधारणा ल्याउने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू