शनिबार, साउन १२, २०८१
05:41 | १०:२६

एनआरएनए जर्मनीका पूर्व अध्यक्ष मोक्तानद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली लिङ्क अक्टोबर २, २०२३


लन्डन –   गैरआवासीय नेपाली संघ जर्मनीका पूर्व अध्यक्ष बिजय मोक्तानले गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२३-२५ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्   

सामूहिक ऐक्यबद्धता, संस्थागत विकास, पारदर्शिता, जवाफदेहिता र समावेशिताका साथमा एनआरएनएलाई सबै नेपालीहरुको साझा संस्था बनाउने प्रतिबद्धताका साथ आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

एनआरएन नागरिकताको सहज कार्यान्वयनका साथै वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताका लागि पनि आफूले काम गर्ने उनले बताए।  

त्यस्तै संसारभरि रहेका नेपालीहरुसंग रहेको सीप, पूँजी र प्रविधि नेपाल लैजानुका साथै संसारभरि हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपालसंग जोड्नु पनि आफ्नो प्राथमिकता रहेको मोक्तानको भनाइ छ।

गैरआवासीय नेपाली संघको एनसीसी तथा आईसीसीका विभिन्न कार्यदलमा रहेर काम गरिसकेका उनले आगामी कार्यकालमा आफूलाई उपाध्यक्ष पदमा जिताउन सबै डेलिगेट्स तथा अभियन्ताहरुसँग आग्रह गरेका छन् ।

एनआरएनएको ११ औँ विश्व सम्मेलन आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू