शनिबार, साउन १२, २०८१
06:03 | १०:४८

चार लाख युक्रेनी शरणार्थीलाई थप एक वर्ष युरोपमा बस्न दिइने

रासस/एएफपी सेप्टेम्बर २८, २०२३

युक्रेनबाट हंगेरी युक्रेनियन बोर्डरस्थित जाहोनी शहरमा रेलबाट ओर्लंदै शरणार्थी । तस्बिर एएफपी

ब्रसेल्स, ११ असोज-युरोपेली सङ्घ (ईयू) ले युक्रेनका शरणार्थीलाई ईयू मुलुकमा सन् २०२५ मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ ।

आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ ।

ईयूले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताएका छन् । स्पेन ईयूको वर्तमान अध्यक्ष हो । ईयूको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।

मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि पश्चिमा समर्थक तथा छिमेकी रुसविरुद्ध कठोर भएका छन् भने मस्को पनि यी देशप्रति क्रुद्ध भएको छ । गत वर्ष लाखौं युक्रेनी शरण खोज्न युरोप पसेपछि त्यसले दोस्रो विश्वयुद्धपछि फेरि युरोपमा शरणार्थी सङ्कट बढाएको सङ्केत गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू