शनिबार, साउन १२, २०८१
06:03 | १०:४८

कतारका युवा व्यवसायी रेग्मीले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२३

लण्डन । खाडी समस्या सम्बोधन गर्ने अठोटसहित कतारका युवा व्यवसायी राज रेग्मीले एनआरएनए केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष रेग्मीले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । 

एनआरएनएमा युवा सहभागिता र उद्यमशीलता बढाउने प्रमुख लक्ष्य उनको छ । 

एनआरएनएमा युवापुस्ताका मुद्दा स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न र विदेश खासगरि खाडीमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको बताए ।

सामूहिक लगानीमा युवा सहभागिता, युवा स्वरोजगार, सीप र पूंजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला संस्कृतिको जगेर्ना, मतदानका लागि पहल, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायत प्रतिवद्धता पनि रेग्मीका छन् ।

एनआरएनए मध्यपूर्व युवा संयोजक हुंदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका कारण अग्रजहरुको सुझाव र समर्थनमा उपाध्यक्ष लड्न लागेको उनले बताए ।

‘एनआरएन अभियानमा प्राप्त गरेको अनुभव र अग्रजहरुको सुझावले अगाडि बढ्न प्रेरित गरेको हो’, उनले भने ।

विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिङ्गीङ आइडल’ को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने विभिन्न कार्यक्रम सफलतापूर्वक गरिसकेका छन् ।

उनी अहिले विभिन्न देशका राष्ट्रिय समन्वय परिषदहरुमा पुगेर समर्थन जुटाउन व्यस्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू