शनिबार, साउन १२, २०८१
02:40 | ०७:२५

युक्रेनमा कडा सुरक्षाबीच स्वतन्त्रता दिवस

रासस/एएफपी अगस्ट २५, २०२३

कीएभ । युक्रेनले बिहीबार आफ्नो स्वतन्त्रता दिवसको ३२ औँ वार्षिकोत्सव मनाएको छ ।

युक्रेनको राजधानी कीएभस्थित सेन्ट सोफिया स्क्वायरमा आयोजित स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता कायम राख्न सक्षम रहेको विश्वास व्यक्त गरे ।

“हामी युक्रेनको स्वतन्त्रतामाथिको पकड गुमाउने छैनौं । हामी सबै यो भावनाबाट एकतावद्ध छौं,” जेलेन्स्कीले भने ।

औपचारिक समारोहमा जेलेन्स्कीले रूस–युक्रेन द्वन्द्वमा भाग लिएका युक्रेनी सैनिकलाई राजकीय पुरस्कार प्रदान गरेका थिए ।

नष्ट भएका रुसी हतियार र सैन्य उपकरणहरूको प्रदर्शनी मध्य ख्रेसचाटिक स्ट्रिटमा आयोजना गरिएको थियो, जसमा ट्याङ्कहरू, लडाकु वाहनहरू र अवरोधित क्षेप्यास्त्रहरूको अवशेषहरू प्रदर्शन गरिएको थियो ।

तथापि, देशका धेरै क्षेत्रमा नयाँ आक्रमणहरूको चिन्ताका कारण सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको थियो ।

युक्रेनले सोभियत संघबाट सन् १९९१ अगस्ट २४ मा स्वतन्त्रता प्राप्त गरेको थियो । यो दिनलाई देशको स्वतन्त्रता दिवसको रूपमा मनाइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू