शनिबार, साउन १२, २०८१
05:42 | १०:२७

दुई हुँदा सम्झौता गर्नुपर्‍यो, अब एक्लो महासचिव बनेर काम देखाउँछु-गौरी जोशी

नेपाली लिङ्क अगस्ट २२, २०२३

लन्डन। गैरअवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद(आइसीसी) महासचिव गौरीराज जोशीले निर्वाचित भएर प्रभावकारी काम गर्ने अठोटसहित पुन: महासचिव उम्मेदवार बनेको बताएका छन् ।  

विशेष परिस्थितिले गत महाधिवेशनमा सहमतिबाट दुई महासचिव राखिएको अवस्थामा विविध परिवन्धबीच पनि आफूले उत्कृष्ट काम देखाएको दावी उनले गरे।

‘सहमति गरेर साझेदारीको महासचिव बन्दा त यत्तिको काम गरेर देखाएं भने अब एकपटक निर्वाचित भएर सिंगो महासचिव हुँदा यसभन्दा दोब्बर, तेब्बर काम गर्न सक्छु भन्नेमा ढुक्क छु ।’ 

दुई महासचिव रहेका कारण एकआपसमा समन्वय मात्र नभइ धेरैपटक सम्झौतासमेत गर्नुपरेको स्मरण गर्दै उनले भने, ‘अब एकपटक एक्लो महासचिव जिताएर जिम्मेवारी दिनुहोस्।काम गरेर देखाउने जिम्मा म लिन्छु।’

हालै एक अनलाइनलाई अन्तरवार्ता दिँदै जोशीले पहिलोपटक   फेस भेरीफिकेसन विधिको भोटिङ सफलतापूर्वक सम्पन्न हुनु, संसारभरका सबै राष्ट्रिय समन्वय परिषद( एनसिसी) अधिवेशनहरु निर्विवाद हुनु लगायतका महत्वपूर्ण उपलब्धिले नै महासचिवमा आफ्नो औचित्य पुष्टि गर्ने दाबी गरे।

एनआरएनएन अभियानमा सन् २००५ देखिको संलग्नता, क्षेत्रीय संयोजक, केन्द्रीय सचिव तथा महासचिवका रुपमा संगालेको अनुभव र आफ्नो व्यस्थापकीय क्षमताका आधारमा आफू अध्यक्षकै लागि योग्य रहेको तर सहमतीय वातावरण निर्माण होस् भनेर महासचिवमै थप एक कार्यकाल काम गर्न तयार बनेको जोशीको भनाइ छ ।

‘हुन त म अब अध्यक्षमै जानुपर्ने हो, तर अरुले साथीहरुले पनि ईच्छा राख्नुभएपछि मौका दिएर एकपटक महासचिवमै दोहोरिन्छु र अर्को पटक मात्रै अध्यक्षमा जान्छु भनेको हुं’, उनले थपे, ‘तर उहाँहरुले मौकाको सदुपयोग गर्न सक्नुभएन भने अहिले पनि अध्यक्षमै जम्प गरेर त्यो जिम्मेवारी बोक्न म तयार छु।’ 

विगत केही वर्षहरुमा एनआरएनएभित्र अनावश्यक विवाद गरेर क्षमतावान पात्रहरुलाई निरुत्साहित गर्ने गलत प्रवृत्ति व्रित्ती मैलाएकोमा चिन्ता व्यक्त गर्दै उनले अब साँच्चीकै काम गर्ने वतावरण बनाउने अठोट व्यक्त गरे।

संस्थालाई सांचो अर्थमा समावेशी र चलायमान बनाउन सक्ने एक क्षमतावान, अनुभवी र भिजनरी महासचिव आवश्यक रहेको जोशीको ठहर छ। त्यही आवश्यकता पूरा गर्न आफू काबिल रहेको उनले दाबी गरेका छन्। 

संसारभरका सम्पूर्ण एनआरएनए सदस्यले आइसीसीको निर्वाचनमा मतदान गर्न पाउनुपर्ने पक्षमा आफूले निरन्तर लबिङ गर्दै आएको जनाउंदै उनले आगामी अधिवेशनमा  सोही व्यवस्थाका लागि विधान संशोधन प्रस्ताव लैजाने समेत जानकारी गराएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू