शनिबार, साउन १२, २०८१
06:03 | १०:४८

अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा राष्ट्रिय परिषदहरुसँग अन्तरक्रिया

नेपाली लिङ्क अगस्ट १९, २०२३


लन्डन। अन्तर्राष्ट्रिय धादिङ समाजले राष्ट्रिय समन्वय समितिका अध्यक्ष तथा संयोजकसंग अन्तरक्रिया गरेको छ।   

समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा राष्ट्रिय समन्वय समिति अध्यक्ष तथा संयोजकहरुले आफ्ना गतिविधिबारे जानकारी दिनुका साथै अन्तर्राष्ट्रिय परिषदलाई विभिन्न सल्लाह, सुझाव दिएका थिए।

समाजका आगामी परियोजना र गतिविधिहरुमा पनि राष्ट्रिय समन्वय समितिको सक्दो सहयोग र ऐक्यवद्धता उनीहरुले व्यक्त गरे।

उनीहरुले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अधिवेशनमा पनि एक ढिक्का भएर अगाडि बढ्ने बताए।  

अन्तरक्रियामा धादिङ समाज संयुक्त राज्य अमेरिका अध्यक्ष रामेश्वोर बुर्लाकोटी, धादिङ समाज जापानका अध्यक्ष श्याम हरि तिम्सिना, धादिङ समाज फिनल्याण्डका संयोजक सुदिप भुषण अर्याल, धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल, धादिङ समाज दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष पूर्णमान तामाङ, धादिङ समाज जापानका उपाध्यक्ष विमल श्रेष्ठ र धादिङ समाज युएईका प्रवक्ता राम सिम्खडाको सहभागिता थियो।

समाजका महासचिव राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य नीरु त्रिपाठीले स्वागत मन्तव्य राखिन् भने वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्थानीय निकायसंग समन्वयमा गरेका कार्यक्रमबारे जानकारी दिए। 

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष राजन खकुरालले राष्ट्रिय समन्वय समितिका अध्यक्षहरुलगायत सम्पूर्ण सहभागीप्रति कृतज्ञता प्रकट गर्दै आउदा दिनमा झनै बृहत रुपमा सहकार्य तथा समन्वय गरि अगाडि बढ्ने प्रतिवद्दता व्यक्त गरे ।

उनले समाजले अघि सारेका परियोजना र आगामी गतिविधिबारे जानकारी पनि गराए।

कार्यक्रम संयोजक तथा समाजका प्रवक्ता विशेष लोहनीले समाजका गतिविधि र भावी योजनाबारे  जानकारी दिए।

अन्तरक्रियामा अन्तर्राष्ट्रिय धादिङ समाजका उपाध्यक्ष सबिन थपलिया, सचिव राजेन्द्र थपलिया, सहकोषाध्यक्ष राम थापा, केन्द्रीय सदस्य निरु त्रिपाठी, सुजाता दुवाढी, रामेश्वर बस्नेत, होम अधिकारी, दिपेश सिम्खडा, मानु श्रेष्ठ, महिन्द्र वाइवालगायतको उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू