शनिबार, साउन १२, २०८१
07:15 | १२:००

एनआरएनए घाना र कंगोमा नयाँ कार्यसमिति

नेपाली लिङ्क अगस्ट १, २०२३


लण्डन– गैरआवासीय नेपाली संघ घानाको आइतबार आक्रामा सम्पन्न वार्षिक साधारणसभाले विकास सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ । 

उपाध्यक्षमा सुनिलकुमार चौधरी, महिला उपाध्यक्षमा अनु पाठक, महासचिवमा महादेव प्रसाद पाण्डे, सचिवमा झुगबहादुर थापा, कोषाध्यक्षमा सुमित शर्मा, सहकोषाध्यक्षमा रमेश बराल, महिला संयोजकमा कविता नेपाली र युवा संयोजकमा सुरज रोकामगर चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सुष्मा चौधरी, उमानन्द खरेल, गंगादेवी ढकाल, सद्दाम हुसेन अन्सारी र वसन्त बिके निर्वाचित भएका छन् भने दिनेशकुमार पाण्डेय, होमबहादुर बुढामगर, डा. शिवशंकर प्रसाद शाह र भानु पाठकलाई वरिष्ठ सल्लाहकारमा मनोनयन गरिएको छ ।


डिआरसी कङ्गोमा गिरी बने नयां अध्यक्ष

यसैबीच, गैरआवासीय नेपाली संघ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको आइतबार सम्पन्न साधारणसभाले बिष्णुप्रसाद गिरिलाई अध्यक्ष र अमृत (ढक बहादुर) क्षेत्रीलाई आइसीसी सदस्यमा सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा दिपक सुनार, जीवन भण्डारी, बिक्रम पाण्डे र राम खत्री, महासचिवमा दिवाकर अधिकारी, कोषाध्यक्षमा हिमाल खनाल, सचिवमा दिनेश गैरे, सह-कोषाध्यक्षमा शालिक राम पौडेल, युवा संयोजकमा चन्दन पुरी, प्रवक्तामा आशिष परियार र सदस्यहरुमा मोहन बिष्ट, भानुदेव भट्ट, शुक्रराज कामी, मानबहादुर रावत, हितमान भुषाल र खड्क बहादुर सुनारलाई चयन गरेको छ ।    

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू