शनिबार, साउन १२, २०८१
10:11 | १४:५६

एनआरएनए घानाको अध्यक्षमा विकास सुवेदी निर्वाचित

नेपाली लिङ्क अगस्ट १, २०२३

आक्रा, घाना । गैरआवासीय नेपाली संघ घानास्थित आक्रामा सम्पन्न वार्षिक साधारणसभाले विकास सुबेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

उपाध्यक्षमा सुनिलकुमार चौधरी, महिला उपाध्यक्षमा अनु पाठक, महासचिवमा महादेव प्रसाद पाण्डे, सचिवमा झुगबहादुर थापा, कोषाध्यक्षमा सुमित शर्मा, सहकोषाध्यक्षमा रमेश बराल, महिला संयोजकमा कविता नेपाली र युवा संयोजकमा सुरज रोकामगर चयन भएका छन् ।

त्यसैगरी शुष्मा चौधरी, उमानन्द खरेल, गंगादेवी ढकाल, सद्दाम हुसेन अन्सारी र वसन्त बिके निर्वाचित भएका छन् भने वरिष्ठ सल्लाहकारहरुमा दिनेशकुमार पाण्डेय, होमबहादुर बुढामगर, डा. शिवशंकर प्रसाद शाह र भानु पाठक छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू