शनिबार, साउन १२, २०८१
02:36 | ०७:२१

पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा आईएसको दाबी   

रासस-एएफपी अगस्ट १, २०२३

खार, १६ साउन—इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । 

खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहित ५४ जनाको मृत्यु भएको थियो ।

करिब चार सय जना नेता तथा कार्यत्रकर्ता भेला भएको स्थानमा एक जना आत्मघाती आक्रमणकारीले आफूले लगाएको बारुदको ज्याकेट विष्फोट गराएको थियो । 

सोमबार एक विज्ञप्ति निकालेर आईएसले आक्रमणको जिम्मेवारी लिएको हो । उक्त समूहले धार्मिक नेताहरूलाई आक्रमणको निशान बनाउने चेतावनी दिँदै आएको थियो । गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो । 

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता छिमेकी पाकिस्तानमा हिंसाका घटना बढेका छन् । इस्लामावाले त्यसमा काबुलको संलग्नता रहेको आरोप लगाएको छ भने अफगानिस्तानले त्यसको खण्डन गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू