शनिबार, साउन १२, २०८१
07:13 | ११:५८

एनआरएनए बेल्जियमको प्रथम बैठकका तीन महत्वपूर्ण निर्णय

नेपाली लिङ्क जुलाइ २५, २०२३

बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियमको नवनिर्वाचित कार्यसमितिको बैठक २४ जुलाई २०२३ का दिन सम्पन्न भयो । नवनिर्वाचित अध्यक्ष श्रीमति सीता सापकोटाको अध्यक्षतामा बसेको प्रथम बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकमार्फत नेपाली समुदाय बेल्जियमलाई एकढिक्का बनाई, भाइचारा र बन्धुत्वको विकास गराई समाजलाई एकताबद्द बनाएर लैजान पहल गर्ने एक संकल्प प्रस्ताव पारित गरिएको छ ।

बैठकले बेल्जियमस्थित नेपालीहरुलाई वा देशमा आइपर्ने कुनै पनि आपतकालिन समस्याका लागि सहयोग गर्न एक आपतकालिन अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसैगरि, बैठकले गैरआवासीय नेपाली संघ बेल्जियमको खड्क बहादुर केसीको अध्यक्षतामा रहेको निवर्तमान कार्यसमितिलाई बरबुझारथ तथा ९ औं महाधिवेशन सफलतापूर्ण सम्पन्न गराएकोमा धन्यवाद ज्ञापन गरेको महासचिव रुविना शर्माले जनाएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू