शनिबार, साउन १२, २०८१
06:21 | ११:०६

एनआरएनए यूके सहकोषाध्यक्ष निर्वाचित हेम गुरुङले पाए लोकप्रिय मत

नेपाली लिङ्क जुलाइ २३, २०२३


लन्डन । शनिबार सम्पन्न एनआरएनए यूके निर्वाचनमा लोकप्रिय मत सहकोषाध्यक्ष निर्वाचित हेमकुमार गुरुङले पाएका छन् ।

घोषित मतपरिणामअनुसार सहकोषाध्यक्षमा विजयी गुरुङले १ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् । जुन यसपटकको एनआरएनए यूके निर्वाचनमा कुनै उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो ।

सहकोषाध्यक्ष पदमा पराजित अर्का उम्मेदवार सुमन शर्माले १ हजार ४ सय ३८ मत पाएका छन् ।

एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदमा यो निर्वाचनमा सबैभन्दा कम मत भने उपाध्यक्ष उम्मेदवार हेन्सन गौचनले ल्याएका छन् । उपाध्यक्षमा पराजित उनले मात्र ४ सय २९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, यो निर्वाचनमा सबैभन्दा ठूलो मतान्तर एनआरएनए इंग्ल्याण्ड अध्यक्षमा देखिएको छ । विजयी शम्भुप्रसाद अर्यालले १ हजार ५ सय ५५ मत पाउँदा पराजित सन्तोषकुमार सुवेदीले मात्रै ८ सय ५८ मत प्राप्त गरेका छन् ।

यो पनि पढौं:
एनआरएनए यूके निर्वाचनमा कसले कति मत ल्याए ? (विवरणसहित)

एनआरएनए यूके अध्यक्षमा हित काजी गुरुङ विजयी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू