बिहीबार, वैशाख ६, २०८१
15:02 | १९:४७

एनआरएनए इंग्ल्याण्ड अध्यक्षमा भारी मतान्तरले विजयी भए शम्भु अर्याल

नेपाली लिङ्क जुलाइ २३, २०२३


लन्डन । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्षमा शम्भुप्रसाद अर्याल भारी मतान्तरले विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचनको मध्यरातमा घोषित मतपरिणामअनुसार अर्यालले १ हजार ५ सय ५५ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी सन्तोषकुमार सुवेदीले ८ सय ५८ मत मात्रै पाए ।

अध्यक्ष निर्वाचित अर्याल बेलायतको नटिंगहम शहरका व्यवसायी हुन्।

परिषदका अन्य पदहरुमा भने यसअघि नै निर्विरोध भइसकेका छन्।

यो पनि पढौं:
एनआरएनए यूके निर्वाचनमा कसले कति मत ल्याए ? (विवरणसहित)

एनआरएनए यूके अध्यक्षमा हित काजी गुरुङ विजयी

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू