शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

एनआरएनए स्कटल्याण्ड अध्यक्षमा ५ मत अन्तरले दिवाकर पाण्डे विजयी

नेपाली लिङ्क जुलाइ २३, २०२३


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको स्कटल्यान्ड राज्य समन्वय परिषद अध्यक्षमा दिवाकर पाण्डे विजयी भएका छन्।

शनिबार सम्पन्न निर्वाचनको मध्यरातमा घोषित मतपरिणामअनुसार पाण्डे ५ मतको झिनो अन्तरले विजयी भएका हुन्।

विजयी पाण्डेले २ सय ४५ मत प्राप्त गर्दा पराजित उज्वल कार्कीले २ सय ४० मत पाएका छन् ।

अध्यक्ष निर्वाचित पाण्डे एनआरएनए स्कटल्याण्डका संस्थापक सचिव हुन्।

दुई वर्षअघि पनि अध्यक्षमा उम्मेदवार रहेका उनी यसपटक दोस्रो प्रयासमा निर्वाचित भएका छन्।

यो पनि पढौं:
एनआरएनए यूके निर्वाचनमा कसले कति मत ल्याए ? (विवरणसहित)

एनआरएनए यूके अध्यक्षमा हित काजी गुरुङ विजयी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू