शनिबार, जेठ ५, २०८१
17:14 | २१:५९

ईयूले ३० हजार युक्रेनी सैनिकलाई तालिम दिने

रासस/एएफपी जुन २०, २०२३

तस्बिर एएफपी

कीभ, युक्रेन, ५ असार–युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएका छन् ।

“सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,” कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।

ईयू अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकलाई प्रशिक्षण दिने प्रतिबद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए ।

ब्रसेल्सले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो (५५ अर्ब डलर) को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू