शनिबार, जेठ ५, २०८१
15:18 | २०:०३

रुसले आणविक हतियार बेलारुस पठायो

रासस–एएनआई जुन १७, २०२३

तस्विर एएफपी

मस्को, २ असार–रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ।

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन् ।

युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ।

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले ‘रूसबाट बम र मिसाइलहरू’ को पहिलो भाग प्राप्त गरेको बताएका छन् ।

लुकाशेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भनेका छन्– ‘हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं । ‘बमहरू हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली छन्’, फक्स न्यूजले उल्लेख गरेको छ।

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण गरेको बताएका छन् ।

हतियारको आगमन युक्रेनी सेनाले रुस विरुद्ध ठूलो मात्रामा काउन्टर–अपरेसन शुरु गरेको एक हप्ता पछि आएको हो।

यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू