आइतबार, जेठ ६, २०८१
19:17 | ००:०२

नयाँ दूतावास भवन निर्माणलाई लिएर रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा

रासस-सिन्ह्वा जुन १५, २०२३

अष्ट्रेलियाको संसद्

जेठ ३१–नयाँ राजदूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ ।

अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ । नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानूनी सल्लाह लिइरहेको एक जना कूटनीतिज्ञले बताएका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको संसद् भवनको पारिपट्टी नयाँ दूतावास निर्माण गर्ने रुसको प्रस्तावित भवन निर्माणस्थलप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रिय सुरक्षामा जोखिम हुने बताएका छन् । उनको यो अभिव्यक्तिसँगै रुसी पक्ष कानूनी उपचारको बाटोमा जान लागेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू