शनिबार, जेठ ५, २०८१
17:40 | २२:२५

बगैंचा विवादमा बेलायती बालिकाको गोली हानी हत्या

रासस–एएनआई जुन १३, २०२३

प्रतिकात्मक तस्बिर

पेरिस, ३० जेठ–फ्रान्सको ब्रिट्नीको सेन्ट–हर्बोटमा ११ वर्षीया बेलायती बालिकाको आइतबार गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानेको हो । आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् ।

उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ ।

घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भीर चोट लागेको थियो । घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू