शुक्रबार, वैशाख ७, २०८१
20:28 | ०१:१३

टर्कीएका नवनिर्वाचित राष्ट्रपतिलाई विश्वनेताको बधाई

रासस/एएफपी मे २९, २०२३

राष्ट्रपति निर्वाचित भएपछि अभिवादन गर्दै एर्दोगान । तस्बिर- सिन्हवा

अङ्कारा, १५ जेठ–टर्कीएको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा विश्वका विभिन्न देशका नेताले रेसेप तैयप एर्दोगानप्रति हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राष्ट्रपति एर्दोगानलाई आफ्नो दुई दशकको शासन विस्तार गर्न आइतबारको ऐतिहासिक दोस्रो चुनावमा विजयी भएपछि सबैभन्दा पहिले बधाई दिने विश्व नेताहरूमध्येका भएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले विश्वव्यापी साझा चुनौती सामना गर्न टर्कीएका समकक्षी एर्दोगानसँग सहकार्य गर्ने बताएका छन् । उनले अमेरिका–टर्कीए सम्बन्धका साथै साझा विश्वव्यापी चुनौतीको सामना गर्न उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सहयोगीका रूपमा सँगै काम गर्न तत्पर रहेको बताएका छन् ।

केही असहमतिका बाबजुद एर्डोगानसँग प्रमुख अन्तरराष्ट्रिय मुद्दामा नजिकबाट सहकार्य गरेका रुसका राष्ट्रपति पुटिनले टर्कीएका नेतालाई उनको विजय ‘तपाईंको समर्पित कामको तार्किक परिणाम’ भएको बताएका छन् । उनले राज्यको सार्वभौमसत्ता बलियो बनाउन र स्वतन्त्र विदेश नीतिका निम्ति एर्दोगानले गर्नुभएका प्रयासको समर्थन एवम् त्यसको स्पष्ट प्रमाण भएको उल्लेख गरेका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले टर्कीएसँगको रणनीतिक सम्बन्धलाई सुदृढ बनाउन चाहेको उल्लेख गरेका छन् ।

टर्कीए सदस्य रहेको नेटो सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि राष्ट्रपति एर्दोगानप्रति बधाई ज्ञापन गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एर्दोगान पुनः निर्वाचित भएकामा बधाई दिँदै टर्किए र राष्ट्रसङ्घबीचको सहयोग र साझेदारी अझ सुदृढ बनाउन तत्पर रहेको बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, जर्मनीका चान्सलर ओलफ सोल्ज, युक्रेनका राष्ट्रपति भोलोदिमिर जिलेन्स्की, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ, ग्रीसका अन्तरिम प्रधानमन्त्री, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता, तालिबान सरकारका प्रतिनिधिलगायतले राष्ट्रपति एर्दोगानप्रति बधाई ज्ञापन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू