बिहीबार, वैशाख १३, २०८१
19:30 | ००:१५

९ हजार बढी अफगानीले दिए शरणका निम्ति ईयूमा आवेदन

रासस/एएनआई मे २७, २०२३

काबुल, १३ जेठ–एक महिनाको अवधिमा नौ हजारभन्दा बढी अफगानीले युरोपेली सङ्घमा शरणका लागि आवेदन गरेका पाइएको छ ।

युरोपेली जनगणना ब्युरोका अनुसार गत महिनामा नौ हजारभन्दा बढी अफगान नागरिकले सङ्घका सदस्य राष्ट्रमा शरणका लागि आवेदन गरेका पाइएको छ ।

कुनै एक देशबाट शरणका निम्ति आवेदन गरिएको यो अभिलेख अहिलेसम्मकै उच्च हो ।

चालु वर्षको प्रारम्भमा नै सङ्घका सदस्य राष्ट्रमा शरणार्थीको चासो गत वर्षको तुलनामा ४० प्रतिशतले बढेको छ । गत बिहीबार मासिक प्रतिवेदन सार्वजनिक गर्दै युरोपेली जनगणना ब्यूरोले फेब्रुवरीमा मात्रै ७६ हजार पाँच सय व्यक्तिले सङ्घका सदस्य देशमा शरणका लागि आवेदन बुझाएके र गत वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

युरोपेली सङ्घमा आबद्ध मुलुकमा सबैभन्दा धेरै शरण खोज्नेको सङ्ख्या सिरिया र अफगानिस्तानका नागरिकको छ । शरणका लागि आवेदनको ७७ प्रतिशत क्रमशः स्पेन, जर्मनी, फ्रान्स र इटालीमा दर्ता भएको छ । जर्मनीमा फेब्रुअरीमा २५ हजारभन्दा आवेदन परेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू