आइतबार, जेठ ६, २०८१
20:31 | ०१:१६

बेलायती राजा रानीलाई बाइडेनको बधाई

रासस/एएफपी मे ६, २०२३

तस्बिर- एएफपी

वासिङ्टन, २३ वैशाख-अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् । उनले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उनीहरूप्रति सद्भाव व्यक्त गरेका हुन् ।

लण्डनमा आयोजित समारोहमा सहभागी नभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भनेका छन् ।

राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गरेकी छन् । अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित वधाई सन्देशमा भनेका छन्, “यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ ।”

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताएका थिए ।

“हामी युरोपमा नेटो सम्मेलनमा जान लागेका छौं, र मैले (चार्ल्स) लाई उक्त अवसरमा भेट्नेछु,” बाइडनले एमएसएनबीसीसँग भने ।

नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ ।

बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू