ईयू राष्ट्रले ८४ हजार २४५ शरणार्थीलाई दिए सुरक्षा



फाइल तस्बिर
ब्रसेल्स, १६ वैशाख –सन् २०२२ मा युरोपेली सङ्घ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो ।
ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा, ३१ प्रतिशतले सहायक सुरक्षा र २५ प्रतिशतले मानवीय सुरक्षा पाएका छन् ।
सन् २०२१ को तुलनामा शरणार्थीको सङ्ख्यामा २२ प्रतिशत, सहायक सुरक्षामा ४८ प्रतिशत र मानवीय सुरक्षामा ७२ प्रतिशतले वृद्धि भएको छ ।
यसमा सबैभन्दा बढी योगदान जर्मनीको छ । जर्मनीले ईयूको कूल योगदानको ४१ प्रतिशत अर्थात् एक लाख ५९ हजार ३६५ जनालाई सेवा पुरयाएको छ ।
त्यसैगरी, फ्रान्सले ४९ हजार ९९० अर्थात् १३ प्रतिशत, इटालीले ३९ हजार ६६० अर्थात् १० प्रतिशत र स्पेनले ३५ हजार ७६५ अर्थात् नौ प्रतिशत व्यक्तिलाई सुरक्षाको दर्जा दिइएको थियो । यी चार देशले संयुक्त रूपमा ईयू स्तरमा ७३ प्रतिशत सुरक्षा अनुरोधहरूलाई सेवा प्रदान गरे ।
सन् २०२२ मा युरोपेली सङ्घमा सुरक्षा प्राप्त गर्ने सबैभन्दा ठूलो समूह सिरियालीहरू थिए भने दोस्रो धेरै अफगानी थिए ।
ईयूमा सुरक्षा दर्जा प्राप्त गर्ने कूल सङ्ख्याको २९ प्रतिशत सिरियालीहरू रहेका थिए भने २३ प्रतिशत अफगानी र छ प्रतिशत भेनेजुयलाका नागरिक थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५