ग्रीक रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६, तीन दिने राष्ट्रिय शोक घोषणा



तस्बिर सिन्हवा
एथेन्स, १७ फागुन–मध्य ग्रीसमा मङ्गलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।
उक्त घटनामा घाइते भएका अन्य ६६ जना अस्पताल भर्ना भएका छन् ।
अग्नी नियन्त्रक सेवाका प्रवक्ता भासिलियोस वाथ्राकोगियानिसले पत्रकार सम्मेलनमा विशेष युनिटसहित १५० भन्दा बढी अग्नि नियन्त्रकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्यमा भाग लिइरहेको जानकारी दिए ।
टेम्पी नगरपालिकामा मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेलको पहिलो तीन भागमा प्रयास केन्द्रित गरिएको उनले बताए । ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।
हेलेनिक ट्रेन रेल अपरेटरलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता इआरटीले जनाएअनुसार उक्त यात्रुवाहक रेलमा ३४६ जना यात्रु सवार थिए ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीस प्रहरीले जनाएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा सरकारका प्रवक्ता जियानिस ओइकोनोमोउले बताए ।
बुधबारदेखि शुक्रबारसम्म सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने र सबै सार्वजनिक उत्सवहरू स्थगित हुने उनले बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५