शनिबार, जेठ ५, २०८१
12:09 | १६:५४

इटाली डुंगा दुर्घटनामा ६३ आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

रासस/एपी फ्रेब्रवरी २८, २०२३

दुर्घटनाग्रस्त डुंगा समुद्री किनारमा । तस्बिर एएफपी

स्टेक्काटो डि कुट्रो, इटाली –इटालीको दक्षिणी तटमा आइतबार भएको डुंगा दुर्घटनामा ६३ जना आप्रवासीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

उक्त दुर्घटनामा कम्तीमा आठ जना बालबालिकाको ज्यान गएको थियो ।

मध्य समुद्रमा आँधीबेहरीका बीच काठको डुंगा फुटेर उक्त दुर्घटना भएको थियो । असी जनाको जीवितै उद्धार गरिएको थियो ।

एक सय ७० जना बोकेर टर्कीएको समुद्रबाट डुंगामा उनीहरू इटालीको समुद्री तटमा पुगेका थिए । दुर्घटनाग्रस्त डुंगामा धेरै जना पौडिन नजान्ने थिए ।

तट रक्षक, गोताखोर, सुरक्षाकर्मीलगायत खोज तथा उद्धारमा जुटेका छन् । दुईवटा हेलिकप्टर पनि खोजमा परिचालन गरिएको छ । दक्षिणी सहर क्रोटोनको खेलमैदानमा मृतकहरूको पहिचानका लागि शव राखिएको छ ।

सरकारी अधिकारीले मृतकका आफन्तहरूलाई दुर्घटनामा परेका प्रियजनको विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । उनीहरूले खोज तथा उद्धारमा विलम्ब गरिएको आरोपको खण्डन गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू