शनिबार, जेठ ५, २०८१
10:42 | १५:२७

इटालीमा डुङ्गा डुब्दा ५९ आप्रवासीको मृत्यु

रासस/एएफपी फ्रेब्रवरी २६, २०२३

रोम, १४ फागुन- इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा एक शिशुसहित ५९ आप्रवासीको मृत्यु भएको क्यालाब्रिया नगरका नगर प्रमुखले पुष्टि गरेका छन् । अझै धेरै मानिस समुद्रमा हराइरहेका छन् ।

क्यालाब्रिया नगरका नगर प्रमुखभिन्सेन्जो भोसले उद्धारकर्मीहरूलाई उद्धृत गर्दै स्काई टीजी–२४ टेलिभिजन च्यानलसँग भनेका छन्, “डुङ्गामा करिब ‘२०० भन्दा बढी मानिस’ सवार रहेका र मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको पुष्टि भएको छ ।”

यसअघि, क्षेत्रीय गभर्नर रोबर्टो ओचिउटोले बालबालिकासहित दर्जनौं मानिस डुबेर मरेका जनाएका थिए । यो भयानक त्रासदीपछि क्यालाब्रिया शोकमा डुबेको छ ।

इटालियाली सञ्चार माध्यमका अनुसार तटीय शहर क्रोटोनमा स्थानीय समय अनुसार आइतबार बिहान करिब ४:०० बजे डुङ्गा डुबेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू