शुक्रबार, वैशाख ७, २०८१
02:04 | ०६:४९

पलविरुद्ध प्रहरीमा समिक्षाको उजुरी: नाबालिगलाई जबरजस्ती करणीको आरोप

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२२

काठमाडौं । अन्तत: अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीबीचको प्रेम सम्बन्ध र विवादको विषय प्रहरीसम्म पुगेको छ । 

शाहविरुद्ध १७ वर्षीया नावालिग युवतीलाई ललाइफकाइ जवरजस्ती करणी गरेको भन्दै समिक्षाले प्रहरीमा उजुरी गरेकी हुन् । 

समिक्षाले आफ्ना केही आफन्तहरुसहित जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर उजुरी दिएको प्रहरी स्रोतले बतायो । उजुरीमा शाहमाथि प्रेमका नाममा बालिकालाई ललाइ-फकाई र प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । 

हालै मात्र सार्वजनिक भएको एक अडियोमा अभिनेता शाहले गायिका समिक्षासँग शारीरिक सम्बन्ध भएको स्वीकार गरेका थिए । 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ देखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

यो पनि पढौं: पल शाहलाई हुन सक्छ १० देखि १२ वर्षको जेल सजाय 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू